काठमाडौँ, ९ मंसिर । दिनहूँ सडक दुर्घटनाका खबर बढिरहेको सन्र्दभमा ट्रिटन सेकेण्डरी स्कुल सुविधानगर तिनकुनेका चारदेखि सात कक्षासम्मका सबै विद्यार्थी र शिक्षक समेतलाई सहभागी गराई सडक सुरक्षाबारे सचेतना कक्षा सञ्चालन गरिएको छ ।
ट्रिटन स्कुल तथा सामुदायीक प्रहरी सेवा केन्द्र कोटेश्वरको संयुक्त आयोजनामा भएको सो सचेतना कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी मशाहाखाका ट्राफिक प्रहरी अधिकृतहरु विद्यालयमै आएर विद्यार्थीलाई यसबारे विस्तृत जानकारी गराउँदै सडकमा सुरक्षित रहने विभिन्न उपाय सिकाएका थिए ।

बेलायती अन्तर्राष्ट्रिय शैक्षिक निकाय, ब्रिटिश काउन्सिलको इन्टरनेशनल स्कुल एवार्ड (आइसए) आयोजना अन्तर्गत कनेक्टिङ्ग क्लासरुमको अवधारणा अनूरुप विद्यार्थीहरुलाई पढाईको साथसाथै दैनिक उच्च सर्तकता अपनाउनुपर्ने विषय भएकोले सडक सुरक्षाबारे सचेतना कार्यक्रम सञ्चालन गरिएको हो ।
विद्यालयका निर्देशक राजन सुवेदीका अनुसार विद्यालयले यसअघि पनि सेफ स्कुल जोन नेपाल संस्थासंग मिलेर यसप्रकारको सचेतना कार्यक्रम सञ्चालन गरेको थियो ।

हरेक विद्यार्थी विहान घरदेखि विद्यालय आउने र घर फर्किने क्रममा अपनाउनुपर्ने सडक सुरक्षाका बारेमा विद्यार्थीहरुलाई महानगरीय ट्राफिक प्रहरी मशाहाखाका ट्राफिक प्रहरी निरीक्षक दामोदर भट्टले पावर प्वाइन्ट प्रस्तुतिकरण गर्दै सडकसंग सम्वन्धित विभिन्न सुरक्षाका विषयमा भिडियो र तस्वीरमार्फत जनाकारी गराएका थिए ।
सामुदायीक प्रहरी सेवा केन्द्र कोटेश्वरका इन्चार्ज प्रहरी सहायक निरीक्षक राजेन्द्र सिंह पुजारा तथा विद्यालयका निर्देशक राजन सुवेदीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए भने कार्यक्रमको सभापति भाइस प्रिन्सिपल ममता शाहले कार्यक्रमका प्रशिक्षकलाई विद्यालयको तर्फबाट धन्यवादसहित मायाको चिनो प्रदान गर्दै यस्ता कार्यक्रमले हरेक विद्याथर््ीलाई हरक्षण सचेत गराउने बताइन् ।







