काठमाडौँ, ६ मंसिर । ग्रामीण तथा दुर्गम स्थानहरुमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एन आई सी एशिया बैंकले रसुवाको स्याफ्रुबेसीमा नयाँ शाखा कार्यालयको स्थापना गरेको छ ।
रसुवा जिल्ला, गोसाईंकुण्ड गाउँपालिका वडा नं. ५ स्याफ्रुबेसीस्थित स्याफ्रुबेसी शाखाको सोही गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङबाट आज एक समारोहकाबीच औपचारीक रुपमा समुद्घाटन सम्पन्न गरेको छ ।
स्याफ्रुबेसी शाखा सञ्चालनमा आएसँगै उक्त क्षेत्रका ग्राहक महानुभावहरुलाई यस बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास लिएको बैंकका नायव प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाद्वारा जारी विज्ञप्तीमा उल्लेख गरीएको छ ।
बैंकको मुलुकभर ३१० शाखा कार्यालयहरु, ३८९ एटिएम, ९० वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । १८ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेको विज्ञप्तीमा उल्लेख गरेको छ ।







