काठमाडौँ, ६ मंसिर । यूएईमा भइरहेको टी १० लिग क्रिकेट प्रतियोगितामा आज पारस खड्का र सन्दीप लामिछानेको टिम भिड्दै छ ।
पारस आवद्ध टिम अवुधावी र सन्दीप आवद्ध कर्नाटका टसकर्सबीचको खेल नेपाली समय अनुसार राति पौने १० बजेदेखि सुरु हुनेछ ।
पारसले २ खेलमा नट आउट चार रन बनाएका छन् भने लेग स्पिनर सन्दीपले अहिलेसम्म ६ विकेट लिएका छन् । टी १० को पहिलो खेलमा एक विकेट लिएका सन्दीपले दोस्रो खेलमा २ विकेट लिएका थिए ।





