त्रिविविका नवनियुक्त उपकूलपति प्रा.बास्कोटालाई काव्य स्कुलको वधाई

काठमाडौँ, ५ मंसिर । सरकारले काव्य स्कुल नयाँबानेश्वरका संस्थापक सल्लाहकार एवम् त्रिविवि शिक्षण अस्पताल महाराजगञ्जका वरिष्ठ नाक, कान, घाँटी विशेषज्ञ प्रा.डा.धर्मकान्त बास्कोटालाई त्रिभुवन विश्व विद्यालयको उपकूलपतिमा नियुक्त गरेकोमा काव्य स्कुलका संस्थापकहरुले किर्तिपुरस्थित उहाँकै कार्यकक्षमा विहीबार पुगेर वधाई ज्ञापन गरेका छन् ।

काव्य स्कुलका संस्थापक प्रिन्सिपल नवराज बास्कोटाको साथै विद्यालयका संस्थापक निर्देशकहरु धर्मेन्द्रप्रकाश राजभण्डारी, सुनिल कुमार घर्ती, दिलिप थापा र प्रेमराज अर्यालले उपकूलपति प्रा.बास्कोटलाई खादा लगाएर वधाई दिनुका साथै सफल कार्यकालको लागि शुभकामना दिनुभयो ।

काव्य टोलीसंगको भेटका क्रममा उपकूलपति प्रा.डा.बास्कोटाले त्रिविविमा देखिएका कमी कमजोरीलाई क्रमशः सुधार गर्दै यथाशिघ्र त्रिविवि सिनेट वैठक सञ्चालन गर्न, त्रिविविका आंगीक र सम्वन्धनप्राप्त क्याम्पसहरुबाट विभिन्न तह र संकायबाट उतिर्ण भएकाहरुको दिक्षान्त कार्यक्रम आयोजना गर्नुको साथै ति क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गराउने तयारी गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ भदौ । वैदेशिक रोजगारीका लागि इराक पठाइदिने भन्दै रकम ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौँ, १६ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९८७ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद्

काठमाडौँ, १६ भदौ । रुकुमपूर्वको सिस्ने गाउँपालिका-८ स्यालापाखा सडक खण्डमा जिप दुर्घटनामा भएको छ । प्रहरीका अनुसार रुकुमपूर्वको लाम्फाकोटबाट रुकुमपश्चिमको खलंगातर्फ

काठमाडौँ, १६ भदौ । मुस्ताङको स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट हार्भेस्ट’ सुरुआत गरिएको छ । छिटो पाक्ने स्याउ टिप्ने