ट्रिटन कलेजद्वारा ‘सुर श्री’मा सहभागी विद्यार्थी आश्रयको विदाई

काठमाडौँ, ५ मंसिर । भारतीय चर्चित गायन रियालिटी शो ‘सुर श्री’ को पाँचौ संस्करणको सेमिफाइनलमा प्रवेश गरेका ट्रिटन इन्टरनेशनल कलेज सुविधानगरमा ११ कक्षामा अध्ययनरत गायक विद्यार्थी आश्रय रञ्जितलाई कलेज प्रशासनले शुभकामना दिँदै विदाई गरेको छ ।

सेमिफाइनलमा प्रवेश गरेका गायक आश्रय भारतको भोपाल राज्यमा यही मंसीर ८ गते सोमबार आयोजना हुन लागेको सेमिफाइनल प्रतियोगितामा भाग लिन बुधबार त्यसतर्फ प्रस्थान गर्दैछन ।

ट्रिटन कलेजका प्राचार्य डा.समीर शर्मा, उपप्राचार्य श्रीकृष्ण विष्ट, प्रशासन प्रमुख ऋतु न्यौपाने र अतिरिक्त कृयाकलाप संयोजक कुमार थापाले आश्रयलाई टिका र खादा लगाएर विदाई गर्दै सफलताको लागि शुभकामना दिए ।

रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३०४० भारतले हरेक वर्ष आयोजना गर्दै आएको उक्त रियालिटी शोको पाँचौ संस्करणको सेमिफाइनलमा पुग्ने आश्रय ट्रिटन कलेजको पहिलो र एकमात्र नेपाली विद्यार्थी हुन । प्रतियोगितामा भारत र अन्य सार्क मुलुकका युवाहरु सहभागी छन् ।

१७ वर्षिय गायक आश्रयले नेपालमा आयोजना भएका विभिन्न गायन प्रतियोेगितामा आफ्नो उमेर जतिनै पुरस्कार जितिसकेका छन् । गायक आश्रयका साथ उनका बुबा मध्यपुर थिमी नगरपालिका वडा नं ६ का प्रशासकिय प्रमुख, अभयन्द्र रञ्जित पनि भोपाल जाँदैछन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पर्सा, ११ कार्तिक । वीरगन्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा रु २६ अर्ब ७२ करोड ५८ लाख राजस्व सङ्कलन गरेको

काठमाडौँ, १० कार्तिक । यस वर्ष तिहारमा देशभरि ५१ लाख ८० हजार वटा विभिन्न फूलका माला खपत हुने अनुमान गरिएको

काठमाडौँ, १० कार्तिक । नेपाल स्टक एक्सचेन्ज परिसूचक सामान्य अंकको सुधार भएको छ। कारोबार समयको अन्त्यमा नेप्से परिसूचक ०.९४ अंकले बढेर

काठमाडौँ, १० कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी