त्रिवि सेवा आयोगको गम्भीर लापरबाही

काठमाडौँ, ४ मंसिर । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले कम्प्युटर विज्ञानको परीक्षामा गम्भीर लापरबाही गरेको पाइएको छ । आयोगले सोमबार लिएको कम्प्युटर विज्ञानको परीक्षामा कम्युनिकेसन इन्जिनियरिङसँग सम्बन्धित प्रश्न सोधिएको पाइएको हो ।

आयोगले लिएको परीक्षामा अधिकांश प्रश्न कम्युनिकेसन इन्जिनियरिङ विषयसँग सम्बन्धित सोधिएको थियो । कम्प्युटर विज्ञानका मुख्य विषयबाट सोध्नुपर्नेमा आयोगले कम्युनिकेसन इन्जिनियरिङका मुख्य विषयबाट सोधिएपछि विद्यार्थीहरूले परीक्षा बहिष्कार गरेका थिए । केही प्रश्न इन्टरनेटमा पहिले नै प्रकाशित भएका समेत हुबहु राखिएको पाइएको छ ।

आयोगले सो परीक्षा कम्प्युटर विज्ञानको उपप्राध्यापक पदको पदपूर्तिका लागि लिएको हो । आयोगले २०७५÷७६ मा दरखास्त आह्वान गरेको थियो । तर, कम्प्युटर विज्ञानसँग सम्बन्धित प्रश्न नसोधिएको देखिएपछि प्रशिक्षार्थीहरू दोस्रो पत्रको परीक्षा बहिष्कार गरेका हुन् । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ भदौ । वैदेशिक रोजगारीका लागि इराक पठाइदिने भन्दै रकम ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौँ, १६ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९८७ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद्

काठमाडौँ, १६ भदौ । रुकुमपूर्वको सिस्ने गाउँपालिका-८ स्यालापाखा सडक खण्डमा जिप दुर्घटनामा भएको छ । प्रहरीका अनुसार रुकुमपूर्वको लाम्फाकोटबाट रुकुमपश्चिमको खलंगातर्फ

काठमाडौँ, १६ भदौ । मुस्ताङको स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट हार्भेस्ट’ सुरुआत गरिएको छ । छिटो पाक्ने स्याउ टिप्ने