अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको संख्या विश्वमा १३ औं, चीन पहिलो

काठमाडौँ, ४ मंसिर । अमेरिकामा अध्ययन गर्ने विदेशी विद्यार्थीको मामिलामा नेपाल १२ औं स्थानमा रहेको छ । अमेरिकामा १३ हजार २ सय २९ जना नेपाली विद्यार्थी अध्ययनरत रहेको तथ्य सार्वजनिक भएको छ ।

अमेरिकी सरकारको विदेश मन्त्रालयको सहयोगमा इन्स्टिच्युट अफ इन्टरनेसनल एजुकेसनले सार्वजनिक गरेको प्रतिवेदनमा अमेरिकामा शैक्षिक वर्ष २०१८–२०१९ मा अध्ययनरत नेपाली विद्यार्थीको विवरण समावेश गरिएको छ । अगस्टदेखि मेसम्मको अवधिलाई अमेरिकामा शैक्षिक वर्षका रुपमा चिनिन्छ । यसैगरी अमेरिकामा अध्ययन गर्दै आएका भारतीयको संख्यामा पनि वृद्धि भएको छ । २०१८–१९ मा भारतबाट २ लाखभन्दा बढी विद्यार्थी पढ्नका लागि अमेरिका गएका छन् । गत वर्षको तुलनामा यो संख्या २.९ प्रतिशतले बढी हो । अमेरिकामा अध्ययनरतमध्ये विदेशी विद्यार्थी १८ प्रतिशत छन् ।

अमेरिका पढ्ने विदेशी विद्यार्थीको मामिलामा भारत चीनपछि दोस्रो स्थानमा रहेको छ । अमेरिकामा चिनियाँ विद्यार्थीको संख्या साढे ३ लाखभन्दा बढी छ । हालै सार्वजनिक गरिएको एक रिपोर्टले यो खुलासा गरेको हो । यो खबर आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पर्सा, ११ कार्तिक । वीरगन्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा रु २६ अर्ब ७२ करोड ५८ लाख राजस्व सङ्कलन गरेको

काठमाडौँ, १० कार्तिक । यस वर्ष तिहारमा देशभरि ५१ लाख ८० हजार वटा विभिन्न फूलका माला खपत हुने अनुमान गरिएको

काठमाडौँ, १० कार्तिक । नेपाल स्टक एक्सचेन्ज परिसूचक सामान्य अंकको सुधार भएको छ। कारोबार समयको अन्त्यमा नेप्से परिसूचक ०.९४ अंकले बढेर

काठमाडौँ, १० कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी