काठमाडौँ, ३ मंसिर । बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेट प्रतियोगितामा सहभागी नेपाली टोली स्वदेश फिर्ता भएको छ ।
बंगलादेशबाट आज फर्किएको नेपाली टोलीलाई नेपाल क्रिकेट संघ ९क्यान० का सदस्य अमितवीर पाण्डेले स्वागत गरेका थिए । प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपालले तीन खेलमा २ अंक जोडेको नेपाल समूह चरणमा तेस्रो स्थानमा रहेको थियो ।




