मंसिर ५ गतेदेखि बिडिसिए कप क्रिकेट

बैतडी, ३ मंसिर । बैतडीमा बिडिसिए कप क्रिकेट प्रतियोगिताको १९औँ संस्करण यही मंसिर ५ गतेदेखि सुरु हुने भएको छ ।

बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा हुने प्रतियोगितामा जिल्लाका २० टोलीको सहभागिता रहने भएको छ । मंसिर १४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको प्रथम पुरस्कार ३० हजार, द्वितीय पुरस्कार २० हजार रहेको बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ ।

यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडीले ५ हजार पुरस्कार पाउनेछ भने उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानलाई ट्रफी प्रदान गरिने भएको छ ।  बैतडी जिल्ला क्रिकेट संघले विस २०५८ सालदेखि निरन्तर रूपमा बिडिसिए कप क्रिकेट प्रतियोगिता  गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका-८ किमडाँडामा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार किमडाँडाको नेपाली

काठमाडौँ, ८ असोज । भक्तपुरको गठ्ठाघर–जडिबुटी खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान

काठमाडौँ, ८ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ८ असोज । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभिर नजिकै लेदोसहितको पहिरो खसेपछि राजमार्ग एकतर्फी भएको छ । आज बिहान बेनीघाट