काठमाडौँ, ३ मंसिर । फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले आज कुवेतसँग भिड्दै छ ।
भुटानको चाङ्लिमिथाङ मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे हुनेछ ।
बलियो कुवेतविरुद्ध मैदान उत्रदा नेपाली टिम कम्तिमा अंक खोस्ने योजनामा हुनेछ । यस्तै कुवेत पनि नेपालविरुद्ध ३ अंकको लागि मैदान उत्रने योजनामा हुनेछ ।





