एजेन्सी, २ मंसिर । पोर्चुगल सन् २०२० को युरोकपमा छनोट भएको छ ।
आइतबार राति भएको खेलमा साविक विजेता पोर्चुगलले घरेलु टोली लक्जेमवर्गलाई २-० गोल अन्तरले पराजित गर्दै युरोकपमा छनोट भएको हो ।
पोर्चुगललाई जिता दिलाउनको लागि सुपरस्टार क्रिष्टियानो रोनाल्डो र ब्रुनो फर्नान्डेजले समान एकरएक गोल गरे । रोनाल्डोको यो राष्ट्रका लागि ९९औं गोल हो ।





