काठमाडौँ, २८ कार्तिक । एभीसी एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबलमा माल्दिभ्समाथि नेपालले सानदार जीत हासिल गरेको छ ।
बिहीबार भएको फाइनलमा माल्दिभ्सलाई ३–० ले हराउँदै नेपाल च्याम्पियन बनेको हो । फाइनलमा नेपालले माल्दिभ्सलाई २५–१३, २५–१२ र २५–८ को सोझो सेटमा हराएको हो ।
नेपालले यो प्रतियोगितामा आफ्नो अपराजित यात्रालाई कायमै राख्दै उपाधि जितेको हो ।





