काठमाडौँ, २८ कार्तिक । क्रिकइन्फोले आईपीएलका ८ फ्रेन्चाइजले रिलिज गर्न सक्ने खेलाडीको सूची सार्वजनिक गरेको छ ।
यसमा नेपालका युवा स्टार सन्दीप लामिछाने भने परेका छैनन् । दिल्लीको सन्दीपसँग ३ वर्षको सम्झौता छ । त्यसैले यसपालि पनि उनलाई दिल्लीले चाहेमा आफूसँगै राख्न सक्छ ।
सन्दीपकै स्तरको खेलाडीलाई भित्र्याउन करोडौं मूल्य खर्चिनुपर्ने भएकाले दिल्लीले उनलाई यसपालि पनि रिलिज नगर्ने सम्भावना बलियो छ ।
क्रिकइन्फोका अनुसार दिल्लीबाट रिलिज हुन सक्ने सम्भावित खेलाडीमा भारतीय स्पिनर अमित मिश्र पहिलो नम्बरमा छन् । ४ करोड भारुमा खरिद गरिएका यी ३६ वर्षीय स्पिनरले गत आईपीएलमा खासै प्रभाव देखाउन सकेनन् । त्यसैले दिल्लीले यसपालि उनलाई छुट्कारा दिनसक्छ ।
ओभरसिज खेलाडीमध्ये क्रिस मोरिस र कोलिन इन्ग्रामलाई दिल्लीले रिलिज गर्ने सम्भावना छ । अलराउन्डर मोरिस ११ करोड र ब्याट्सम्यान इन्ग्राम ६.४ करोडमा खरिद गरिएका हुन्






