बिजुलीको खपत बढाउन प्राधिकरणको सूचना

काठमाडौँ, २८ कार्तिक । प्राधिरकरणको १ नम्बर प्रादेशिक कार्यालय, विराटनगरले विद्युत् खपत बढाउन प्रोत्साहन गर्नेगरी चाहिएजति बिजुली लिन आग्रह एक सूचना निकाल्दै आफ्नो घर, उद्योग, पसलहरूमा बिजुली नयाँ लाइन जोड्न तथा पुरानो लाइनको क्षमता बढाउन कुनै समस्या नरहेको जानकारी दिएको छ ।

कार्यालयले प्राधिकरणमा थ्रि–फेज, सिंगल–फेज र ट्रान्सफर्मरको सहज आपूर्ति भइरहेको जानकारी दिँदै नयाँ लाइन जडान गर्नुपरेमा, क्षमता बढाउनुपरेमा तथा लो–भोल्टेजको समस्या भएमा कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको छ । ‘यस्तो सेवा नागरिक बडापत्रमा उल्लेख भएको सेवा शुल्क बुझाइ सञ्चालन गर्नुहुन सबैमा जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ । ग्राहकलाई ५० केभीएभन्दा तलको लोड आवश्यक भएमा प्राधिरकणको ट्रान्सफरबाटै सेवा दिन सकिने कार्यालयले जनाएको छ ।

अहिले प्राधिरकणको प्रणालीमा करिब १२ सय मेगावाटको ‘पिक डिमान्ड’ छ । त्यसमा करिब ५३५ मेगावाट नेपाल विद्युत् प्राधिरकणका जलविद्युत् आयोजनाबाट उत्पादित बिजुलीले धान्छ । निजी स्तरका आयोजनाबाट करिब ४२५ मेगावाट बिजुली उत्पादन भएर खपत हुँदैछ । औसत दैनिक ८० मेगावाट बिजुली भारतबाट आयात हुन्छ भने २६ मेगावाट बिजुली भारत निर्यात गरिँदैछ ।

यो वर्ष वर्षामा रातको समयमा माग घट्दा नेपालकै बिजुली प्लान्टहरू बन्द गर्नुपर्ने अवस्थासमेत आइसकेका थियो । त्यसैले प्राधिरकणलाई जतिसक्दो छिटो देशभित्रै बिजुली खपत बढाउन दबाव परेको छ ।

प्राधिकरणले यो आर्थिक वर्षको अन्त्यसम्म प्रणालीमा १ हजार ५ मेगावाट विजुलीको माग थपिने प्रक्षेपण गरेको छ । ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना पनि यसै आर्थिक वर्षको अनत्यसम्म सञ्चालनमा ल्याउने योजना छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असार । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ । विभागले आज जारी गरेको

काठमाडौँ, १८ असार । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ । आज नेप्से सूचक ८.७८ अङ्कले

काठमाडौँ, १८ असार । सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूलाई सरुवा गरेको छ । आज बसेको

काठमाडौँ, १८ असार । ‘सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा