काठमाडौँ, २७ कार्तिक । पहिलो मैत्रीपूर्ण भलिबलमा आज नेपाली राष्ट्रिय पुरुष भलिबल टिमले भारतको राष्ट्रिय टिमसँग भिड्दै छ ।
वैदेशिक प्रशिक्षणका लागि भारतमा रहेको नेपाली टिमले आज खेल बैंगलोरस्थित साउदर्न साई कभर्डहलमा साँझ ५ बजेपछि सुरु हुनेछ ।
नेपालले दोस्रो खेल कात्तिक २९ र तेस्रो खेल मंसिर २ गते खेल्नेछ ।




