काठमाडौँ, २६ कार्तिक । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
सोमबार ७१ हजार २ सयमा कारोबार भएको छापावाला सुन मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ । तेजावी सुन प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि आज स्थिर रहँदै प्रतितोला ८ सय ४५ रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।




