फाल्गुनन्दसँग जोडिएका महत्वपूर्ण ठाउँलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्छ : प्रम ओली

काठमाडौँ, २५ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले फाल्गुनन्दको जीवनसँग विभिन्न समयमा गाँसिएका महत्वपूर्ण ठाउँलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने बताउनु भएको छ ।

राष्ट्रिय विभूति तथा किरातधर्मका महागुरु फाल्गुनन्दको १३५ औंँ जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले फाल्गुनन्दको जन्मभूमि चुक्चीनम्बा, ज्ञानभूमि फुलुङ्गी, कर्मभूमि सिलौती लोब्रे र तीर्थभूमि फक्ताक्लुङलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्नेमा दिनुभयो ।

पूर्वी नेपालको इलाममा जन्मिएका फाल्गुनन्दले समाज सुधारका लागि ठूलो योगदान गरेको बताउँदै प्रधानमन्त्रीले भन्नुभएको छ ( “त्यसबेलाको किरात समुदायको सामाजिक सुधार अभियानका लागि उनले विसं १९८८ वैशाखमा जारी गरेको सातबुँदे समाज सुधारको मुचुल्का आज पनि उत्तिकै सान्दर्भिक छ ।”

सत्य, दया, शान्ति र अहिंसा सिद्धान्त बोकेका फाल्गुनन्दले विश्व शान्ति र मानव एकताका लागि र्दिएको शिक्षा आज पनि मननीय भएको जनाउँदै प्रधानमन्त्रीले छोरासरह छोरीलाई पनि अंश दिनुपर्ने, विद्यालयको स्थापना गर्नुपर्ने, हिंसारहित समाज निर्माण गर्नुपर्ने फाल्गुनन्दको अभियानले आज पनि समाजलाई सकारात्मक दिशामा अगाडि बढाउन प्रेरित गरेको बतउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० जेठ । राष्ट्रियसभामा  नेपाल सरकारको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पेश भएको छ । राष्ट्रियसभाको आजको बैठकमा

काठमाडौँ, २० जेठ । आजको राष्ट्रिय सभा बैठक ११ बजेबाट सुरु भएको छ ।  प्रत्यक्ष प्रशारण

shankar-pokharel

काठमाडौँ, २० जेठ । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोनाको कहरु सुरु हुनुभन्दा पहिले सरकारले नियामित बजेटको कार्यक्रम

काठमाडौँ, १९ जेठ । लकडाउनका कारण घरमै रहेका विद्यार्थीलाई वैकल्पिक व्यवस्था गरी असार १ गतेदेखि पठनपाठन गराइने भएको छ । कोरोना