आर्थिक ऐन संशोधनः विदेशबाट फर्किएका यात्रुले ल्याएको सुनमा भन्सार दर बढ्यो

काठमाडौँ, २५ कार्तिक । सरकारले विदेशबाट फर्किएका हवाई यात्रुले ल्याउने सुन तथा सुनको गहनामा भन्सार महसुल दर बढाएको छ ।

पछिल्लो समय सुन आयातमा तस्करी बढेपछि सरकारले आर्थिक ऐन संसोधन गरी यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयको प्रस्तावलाई सम्बोधन गर्दै सुनमा नयाँ भन्सार महसुल दर निर्धारण गरेको हो । आर्थिक ऐन संसोधनपछि सुनको भन्सार महसुलमा करिब २१ प्रतिशतले वृद्धि भएको छ ।

सरकारले निर्धारण गरेको नयाँ भन्सार दरअनुसार विभिन्न मुलुकबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० ग्रामसम्म सुन ल्याउने हवाई यात्रुले प्रति १० ग्राम ७ हजार पाँच सय रुपैयाँका दरलेभन्सार महसुल तिर्नुपर्ने हुन्छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ कार्तिक । धादिङमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किंदा एक जना मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्

बारा, २९ कार्तिक । पचरौता नगरपालिका-७ बेनौलीबाट अवैध रुपमा चन्दा संकलन गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जलेश्वर, २९ कार्तिक । जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत एक प्रहरी जवान चेक कीर्ते गरी बैंकबाट बढी रकम निकालेको आरोपमा

काठमाडौँ, २९ कार्तिक । लुम्बिनीमा सङ्घीयतापछिको पत्रकारिता विषयमा समाचार महोत्सवको आयोजना हुने भएको छ । लुम्बिनी प्रेस क्लबको आयोजनामा आगामी