काठमाडौँ, २४ कार्तिक । शेयर बजारमा आइतबार परिसूचक नेप्से स्थिर रहेको छ ।
नेप्से ऋणात्मक देखिएपनि कुनै उतारचढाव देखिएको छैन् । सेन्सेटिभ परिसूचकमा पनि कुनै उतारचढाव देखिएन् ।
१ सय ६३ कम्पनीको २९ करोड ३१ लाख रुपैयाँ बढीको कारोबार भएको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत, जीवन बीमा र म्यूचुअल फण्ड समुहका सूचकहरु घटेका छन भने फाइनान्स, र्निजीवन बीमा, माइक्रोफाइनान्स तथा उत्पादन समुहका सूचकहरु घटेका छन् ।
बजारमा खरिदकर्ता र विक्रीकर्ता न्यून हुँदा कारोबार कम भएको छ भने नेप्से परिसूचक पनि स्थिर रहेको छ । एनएमबी बैंक र प्रभु बैंकको शेयर कारोबार केही बढी छ तर शेयर मूल्य घटेको छ ।
बजारमा सपोर्ट माइक्रोफाइनान्सका शेयरधनीले सबैभन्दा बढी ४ दशमलव ४६ प्रतिशतले कमाएका छन भने रैराङ हाइड्रोपावरका शेयरधनीले ४ दशमलव ८ प्रतिशतले गुमाएका छन् ।






