काठमाडौँ, २४ कार्तिक । आज आइतबार सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन तोलामा १ हजार १ सय सयले बढेर छापावाला सुन प्रतितोला ७१ हजारमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदी पनि ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





