नयाँ पेट्रोलपम्प सञ्चालनका लागि प्राप्त आवेदनको मूल्याङ्कन सुरु

काठमाडौँ, २४ कार्तिक । नेपाल आयल निगमले नयाँ पेट्रोलपम्प सञ्चालनका लागि प्राप्त आवेदनको मूल्याङ्कन सुरु गरेको छ । क्षेत्रीय कार्यालयहरूमा प्राप्त सिलबन्दी आवेदन मापदण्डअनुसार भए नभएको जाँच थालिएको निगमले जनाएको छ ।

आवेदनमाथिको पहिलो चरणको काम यसै साता सकिने निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । निगलमे गत वैशाखमा सातै प्रदेशमा नयाँ पम्प सञ्चालनका लागि आवेदन खुला गरेको थियो ।

जसमा एक हजार २५ आवेदन परेको निगमले जनाएको छ । प्रमुख सहरहरूभन्दा पनि विकासोन्मुख सहरहरूमा पम्प सञ्चालनका लागि आवेदन परेको निगमले जनाएको छ ।

प्रवक्ता गोइतका अनुसार सबैभन्दा धेरै प्रदेश २ मा ३४३ वटा आवेदन परेका छन् । सबैभन्दा थोरै कर्णाली प्रदेशमा २२ वटा मात्र परेका छन् । त्यस्तै प्रदेश १ मा १८९, प्रदेश ३ मा १३१, गण्डकी प्रदेशमा २७, प्रदेश ५ मा दुई सय र सुदुरपश्चिम प्रदेशमा ५६ वटा आवेदन परेका छन् ।

जिल्लाहरूमा सहरीकरणका साथै सडक विस्तार तीव्र भएको तर पम्पहरूको असुविधा रहेकाले नयाँ पम्प सञ्चालनका लागि आवेदन खुलाएको थियो । हुलाकी सडकहरूका लागि पम्प सञ्चालन गर्न प्राथमिकता दिइने गोइतको भनाइ छ । उनले भने, खुला बजार अर्थतन्त्रको नीतिअनुसार मापदण्ड पुगेका सबै निवेदकले इजाजत पाउँछन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज