काठमाडौँ, २४ कार्तिक । स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा रियल मड्रिडले शानदार जित हासिल गरेको छ ।
शनिबार राति भएको खेलमा रियल मड्रिडले एइबारलाई ४- ० गोल अन्तरले पराजित गरेको हो । फरवार्ड करिम बेन्जेमाले २ गोल, कप्तान सर्जियो रामोसले १ गोल र युवा मिडफिल्डर फेडे भाल्भर्डेले एक गोल गरे ।
बार्सिलोना लिगको शीर्ष स्थानमा छ भने रियल मड्रिड दोस्रो स्थानमा छ ।