काठमाडौँ, २२ कार्तिक । आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन ७ सय रुपैयाँले घटेर छापावाला सुन ६९ हजार ९ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ६९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदी पनि १५ रुपैयाँले घटेर प्रतितोला ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





