युरो किड्सका साना विद्यार्थी गोदावरीे वनस्पति उद्यानमा

भक्तपुर, २२ कार्तिक । भक्तपुर युरो किड्स सल्लाघारीका १ देखि ३ कक्षासम्मका ३३ जना साना विद्यार्थी ललितपुरको गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यानमा शैक्षिक भ्रमण गरि फर्किएका छन् ।

विद्यालयको ४ जना शिक्षक शिक्षिका तथा तीनजना दिदीको साथ लागेर गोदावरी पुगेका उनीहरु वनस्पति उद्यानभित्रको सानो खोला, सुन्दर वगैंचा र हरियो वातावरण देखेर रमाएका थिए । उनीहरु त्यहाँको माछापालन, विभिन्न प्रजातिका फूलहरु देख्न पाउँदा दंग थिए ।

विहान ९ बजे गोदावरी भ्रमणमा पुगेका केटाकेटी खाजा खाएर नाचगान गर्दै त्यहाँको सुन्दरतामा रमाएको विद्यालयकी प्रिन्सिपल ज्योति क्षेत्रीले बताइन् । शैक्षिक भ्रमणमा लानु अघि ती साना विद्यार्थीलाई भ्रमणको बारेमा प्रश्नोत्तर बनाएर जानकारी गारइएको थियो ।

 

पछिल्लो समयमा भक्तपुर युरो किड्सका केटाकेटीलाई तरकारी बजारदेखि भाटभटेनी सुपरमार्केटमा समेत लगेर किनमेल गर्ने तरीकादेखि विभिन्न ठाउँको स्थलगत भ्रमण गराई त्यसबारे जानकारी गराउँदै आउने गरेको विद्यालयका प्रवन्ध निर्देशक नवराज काफ्लेले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर