काठमाडौँ, २१ कार्तिक । आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन तोलामा ४ सय रुपैयाँले बढेर छापावाला सुन ७० हजार ६ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदी पनि ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





