काठमाडौँ, २१ कार्तिक । काठमाडौँ महानगरपालिकाले महानगरपालिकाभित्र नयाँ विद्यालय सञ्चालनमा रोक लगाइएको छ ।
महानगरपालिकाले हाल सञ्चालनमा रहेका विद्यालयलाई गुणस्तरीय बनाउने भन्दै नयाँ विद्यालय सञ्चालनमा रोक लगाइएको हो ।
काठमाडौँ महानगरपालिका शिक्षा विभागको अनुसार विद्यार्थी सैख्याका आधारमा विद्यालय धेरै भएकाले नयाँ विद्यालयको लागि अनुमति दिन रोक लगाएको जनाएको छ ।
हाल महानगरपालिकामा ९१ सार्वजनिक र ६४३ संस्थागत विद्यालय सञ्चालनमा छन् ।






