छैठौं मेगा एजुकेशन फेयर कार्तिक २६ र २७ गते आयोजना हुने

नेपालको अग्रणी कार्यक्रम ब्यवस्थापक कम्पनी वानअपले यही कार्तिक २६ र २७ गते (१२–१३ नोभेम्बर) काठमाडौंको अन्नपूर्ण होटलमा छैठौं मेगा एजुकेशन फेयरको आयोजना गर्ने भएको छ । बैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई एकै छानामुनिबाट सम्पूर्ण जानकारी प्रदान गर्न आयोजना गर्न लागिएको उक्त मेलामा नेपालका प्रतिष्ठित २० भन्दा बढी शैक्षिक परामर्श दिने संस्थाहरुले भाग लिने छन् । बेलायत, अमेरिका, अष्टे«लिया, क्यानेडा तथा न्यू जिल्याण्डमा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुले त्यहाँका विश्वविद्यालय तथा कलेज, त्यहाँ अध्ययन अध्यापन गराईने विषय लगायत तयारी कक्षा, छात्रवृत्ति सम्बन्धी आवश्यक सम्पूर्ण कुराको परामर्श एकै ठाउँबाट लिन सक्नेछन् ।

“विगत तीन ३ बर्षदेखि हामीले काठमाडौंमा मात्र नभई नारायणघाट, बुटवल र पोखरामा पनि मेगा एजुकेशन फेयरको आयोजना गरिरहेका छौं । यो कार्यक्रमको मूल उद्देश्य भनेको नै बैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई आँफू अध्ययनमा जान चाहेको राष्ट्र, त्यहाँको शैक्षिक संस्था लगायत अन्य सम्पूर्ण कुराहरुको बढी भन्दा बढी जानकारी एकै ठाउँबाट प्राप्त होस् भन्ने हो ।” आयोजक संस्था वानअपका प्रमुख कार्यकारी अधिकृत रवि शंकर झाले बताउनुभयो ।

बेलायत, अमेरिका, अष्टे«लिया, क्यानेडा तथा न्यू जिल्याण्डका विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरु समेत उपस्थित हुने उक्त कार्यक्रम विहान १० देखि साँझ ५ बजेसम्म संचालन हुनेछ । विभिन्न देशहरुले बैदेशिक विद्यार्थीहरुको नितीमा गरिरहेको परिवर्तन का साथै त्यहाँ अध्ययन पश्चात्का अवसरको बारेमा समेत सम्पूर्ण जानकारी लिने सकिने कुरा वानअपले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।

काठमाडौँ, १६ चैत । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । आज दिउँसो सवा एक बजे बैठक सुरु हुनेछ ।

काठमाडौँ, १६ चैत । सत्ता साझेदारीमा सहकार्य गरेका पाँच दलले इलाम–२ र बझाङ–१ (१) को उपनिर्वाचनमा आपसमा प्रतिस्पर्धा गर्ने भएका

काठमाडौँ, १६ चैत । नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) प्रणाली जडान गर्न उपकरण तथा परामर्श सेवा