काठमाडौँ, १९ कार्तिक । आज मंगलबार शेयर बजारमा परिसूचक सामान्य अंकले घटेको छ ।
शेयर बाजरमा परिसूचक नेप्से शुन्य दशमलव ८१ अंकले घटेको छ । सेन्सेटिभ परिसूचक पनि ऋणात्मक छ । सबैभन्दा धेरै शेयर स्वामित्व भएको बैंकिङ क्षेत्रको सूचक बढेपनि खरिदकर्ता र विक्रीकर्ता नदेखिएपछि कारोबार प्रभावित भएको छ ।
एक सय ६२ कम्पनीको २८ करोड ४४ लाख रुपैयाँ बढीको कारोबार भएको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्था र अन्य कम्पनीहरुले आकर्षक लाभांश घोषणा गरेपनि कारोबार बढ्न सकेको छैन् । यद्यपी प्रभु बैंक, नविल बैंक लगायतका कम्पनीको कारोबार भने बढेको छ ।
कारोबारमा आएका अधिकांश समुहका सूचकहरु घटेका छन् । बजारमा ग्लोबल आइएमई समुन्नत स्किम फस्टका इकाइधनीहरुले सबैभन्दा धेरै १० प्रतिशतले कमाएका छन भने सिनर्जी पावर डेभलोपमेन्टका शेयरधनीले १० प्रतिशतले गुमाएका छन् ।






