काठमाडौँ, १९ कार्तिक । आज सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा २ सयले घटेर छापावाला सुन ७० हजार ८ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदी पनि ५ रुपैयाँले घटेर प्रतितोला ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





