नेपाली विद्यार्थीले जिते वैज्ञानिक पुरस्कार

काठमाडौँ, १९ कार्तिक । रुसमा सम्पन्न आठौं एसिया प्रशान्त युवा वैज्ञानिक सम्मलेनलमा राजधानीको साउथवेस्र्टन स्टेट कलेज वसुन्धराका विद्यार्थी स्वराजसागर प्रधानले स्वर्ण पदक प्राप्त गरेका छन । प्रधानले आफ्नो भौतिक विज्ञान समूहमा २३ मुलुकका करिब ५० प्रतिस्पर्धीलाई जित्दै स्वर्ण प्राप्त गरेका हुन् ।

सम्मेलनमा विभिन्न समूहमा रहेका करिब तीन सय प्रतिस्पर्धीमध्ये प्रधानले ‘युज अफ माइक्रोस्याटलाइट फर ग्लोबल कनेक्टिभिटी, हाइस्पिड ट्रान्समिसन एन्ड डाटा एनालाइसिस’ विषयमा प्रतिस्पर्धा गरेका थिए । उनका यससम्बन्धी लेख अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित हुँदै आएका छन् ।

आफू अध्ययनरत कलेजमा दिनहुँ हुने प्रस्तुतीकरण र उत्कृष्ट प्रयोगशालाका कारण सफलता प्राप्त भएको उनले बताए । सहायक क्याम्पस प्रमुख हरिसिंह केसीले साउथवेस्र्टन स्टेट कजेलद्वारा निरन्तर रुपमा गरिँदै आएको कलेजस्तरीय वार्षिक राष्ट्रव्यापी विज्ञान तथा व्यवस्थापन प्रदर्शनीका कारण आफ्ना विद्यार्थीले उक्त प्रतिस्पर्धा जितेको बताए । गत वर्ष सो कलेजद्वारा आयोजित विज्ञान प्रदर्शनीमा स्वराज र उनको समूहले प्रथम स्थानको राष्ट्रिय पदक प्राप्त गरेको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर