जन्मदिनको अवसरमा रुमालमा अटोग्राफ

भक्तपुर, १८ कार्तिक । साना केटाकेटीलाई जन्मदिनमा साथीभाईलाई चकलेट बाँड्नु र केक काट्नु अब सामान्य भईसक्यो । तर यो चलन पुरानो भईसकेकोले भक्तपुर युरो किड्स सल्लाघारीले भने नयाँ जुक्ति निकाल्यो ।

कुनैपनि विद्यार्थीको जन्मदिनमा विद्यार्थीले चलकेट र केक ल्याउन नपाउने बरु यसको बदलामा सो कक्षाका कक्षा शिक्षक, प्रिन्सिपल र कक्षाका सबै साथीहरुले एउटा हाते रुमालमा शुभकामना लेखेर (अटोग्राफ) त्यसलाई फ्रेम हालेर जन्मदिन मनाएको विद्यार्थीको घरमा सजाउने विद्यालयले नयाँ जुक्ति निकालेको हो ।

सोमबार जन्मदिन परेकी २ कक्षाकी सान्वी खड्काको जन्मदिनको अवसरमा विद्याललयका प्रवन्ध निर्देशक नवराज काफ्ले, प्रिन्सीपल ज्योति क्षेत्री, कक्षा शिक्षिका पुजा थापा लगायत उनको कक्षाका सबै साथीहरुले एउटा नयाँ हाते रुमालमा अटोग्राफ दिँदै सान्वीको जन्मदिनको शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को समेत प्रभाव

काठमाडौँ, १० कार्तिक । यस वर्ष तिहारमा देशभरि ५१ लाख ८० हजार वटा विभिन्न फूलका माला खपत हुने अनुमान गरिएको

काठमाडौँ, १० कार्तिक । प्रहरीले सुर्खेतमा हत्या आरोपमा एकजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार सुर्खेतको गुर्भाकोट नगरपालिका-८, सुन्दरनगर बस्ने

काठमाडौँ, १० कार्तिक । नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै ग्राहकहरुका लागि ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा