प्रभु बैंकले १६.८४ प्रतिशत लाभांश दिने

काठमाडौँ, १७ कार्तिक ।  प्रभु बैंकको संचालक समितिले आगामि साधारण सभामा १६.८४ प्रतिशत लाभांश दिने प्रस्ताव गर्ने भएको छ ।

मंसिर ६ मा हुने बैंकको १८ औं साधारण सभाले उक्त लाभांश पारित गरेपछि शेयर धनिको लागि वितरण गर्ने जनाएको हो । बैंकले चुक्ता पूँजीको ०.८४ प्रतिशत बराबर हुन आउने ७ करोड ४८ लाख ८५ हजार रुपैयाँ बोनस शेयरको रुपमा वितरण गर्ने प्रस्ताव गर्नेछ ।

यस्तै बैंकले चुक्ता पूँजीको १६ प्रतिशत बराबर हुने १ अर्ब ४२ करोड २८ लाख रुपैयाँ बोनस शेयरको रुपमा वितरण गर्ने प्रस्ताव गर्ने शुक्रबार बसेको संचालनक समितिको बैंठकले निर्णय गरेको छ ।

यसअघि ५५ प्रतिशत रहेको संस्थापक शेयर धनिको स्वमित्व ५१ प्रतिशतमा पुर्याउने प्रस्ताव पनि साधारण सभामा गरिने बैंकले जनाएको छ ।

यस्तै, साधारण सभाका लागि बैंकले कार्तिक २६ देखि मंसिर ६ गतेसम्म शेयर दाखिला खारेजको कार्य बन्द गर्ने संचालक समितिले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज