ट्रिटन कलेजका विद्यार्थी आश्रय रञ्जित : भारतीय रियालिटी शो ‘सुर श्री’को सेमिफाइनलमा

काठमाडौँ, १५ कार्तिक । बलराम प्यासी । ट्रिटन इन्टरेनशनल कलेज सुविधानगर तिनकुनेमा कक्षा ११ अध्ययनरत गायक छात्र आश्रय रञ्जित चर्चित भारतीय गायन रियालिटी शो ‘सुर श्री’ को पाँचौं सस्करणको सेमिफाइनलमा प्रवेश गरेका छन् । उक्त प्रतियोगितामा भाग लिएर सेमिफाइनलमा पुग्ने आश्रय ट्रिटन कलेजको इतिहासमै पहिलो विद्यार्थी हुन ।

रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३०४० भारतले हरेक वर्ष आयोजना गर्दै आएको उक्त रियालिटी शोमा आयश्रले पठाएको हिन्दी चलचित्र ‘आशिकी २’ को गीत ‘तु हि ये मुझको बता दे चाहुँ में या ना’ गीतको अडियोको आधारमा उनलाई सेमिफाइनलको लागि छनौट गरिएको आयोजक संस्थाले जनाएको छ ।

आउँदो मंसीर ८ गते अर्थात २४ नोभेम्बर आइतबार भारतको भोपालस्थित स्टेट म्युजियम हल स्यामलमा उक्त शो को सेमिफाइनल राउण्ड आयोजना हुँदैछ । सेमिफाइनलमा भाग लिन नेपाली प्रतियोगि आश्रयको साथै उनका बुबा अभयेन्द्र रञ्जित पनि भोपाल जाँदैछन ।

मध्यपुर थिमिस्थित विनायक शिक्षा निकेतन सेकेण्डरी स्कुलबाट २०७५ सालको माद्यमिक शिक्षा परिक्षा (एसईई) विशिष्ट श्रेणीमा उतिर्ण गरि ट्रिटन इन्टरेनशनल कलेजमा ११ कक्षामा व्यवस्थापन विषय अध्ययन गरिरहेका १७ वर्षिय आश्रयले स्थानीय र जिल्लास्तरको गायन प्रतियोगितामा प्रथम भई आफ्नो उमेरभन्दा बढी नगद पुरस्कार, पदक र ट्रफि हात पारिसकेका छन् ।

भारत र नेपाल लगायत दक्षिण एशियाली मुलुकका कक्षा ११ र १२ पढ्दै गरेका १५ देखि २१ वर्ष उमेरका किशोरकिशोरी र युवायुवतीको गायन मञ्चको रुपमा प्रशिद्धि कमाएको उक्त रियालिटी शो को टाइटल जित्ने गायकले १५ लाख भारतीय रुपैयाँ, ट्रफि सहित ५ लाख भारतीय रुपैयाँ बराबरको स्वास्थ्य विमा पाउने छन ।

यसैगरि दोस्रो र तेस्रो हुनेका साथै थप ७ जनाले सान्त्वना स्वरुप नगद पुरस्कार पाउनेछन । १० जनाले पाउने समेतगरि पुरस्कारको कुल राशी २५ लाख भारतीय रुपैयाँ रहेको आयोजक रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३०४० ले जनाएको छ ।

आफ्नो कलेजको विद्यार्थी भारतीय चर्चित गायन रियालीटी शो ‘सुर श्री’को सेमिफाइनलमा प्रवेश गरेकोमा खुसी व्यक्त गर्दै ट्रिटन इन्टरेनशनल कलेजकी प्रशासन प्रमुख ऋतु न्यौपानेले यसबाट कलेजको नाम भारतीय सांगितिक क्षेत्रमा समेत चर्चित हुने र आश्रयले सिंगो नेपाल र ट्रिटन इन्टरेनशनल कलेजको नाम उँचो राख्ने विश्वास व्यक्त गरीन ।

कलेजका कार्यकारी अध्यक्ष विश्वनाथ प्रशाद शाहले आश्रयलाई सफलताको शुभकामना दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर