काठमाडौँ, १५ कार्तिक । आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।
आज शुक्रबार सुनको मूल्य ७ सय रुपैयाँले बढेर छापावाला सुन आज ७१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदी १० रुपैयाँले बढेर प्रतितोला ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





