धेरै देशमा गएर टी-२० खेल्ने क्रिकेटरमा सन्दीप लामिछाने

काठमाडौँ, १४ कार्तिक । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने एक वर्षको अवधिमा सर्वाधिक देशमा गएर टी-२० क्रिकेट खेल्ने क्रिकेटर बनेका छन् ।

सन् २०१८ को अक्टोबरदेखि २०१९ को सेप्टेम्बरसम्मको अवधिका आधारमा ‘द क्रिकेट मन्थ्ली’ नामक अन्तर्राष्ट्रिय म्यागेजिनले गरेको सर्वेक्षणमा सन्दीपले ८ देशमा गएर टी-२० खेलेर रेकर्ड बनाएका हुन् ।

उनीसँगै आठ देशमा गएर क्रिकेट खेल्ने रेकर्ड अफगानिस्तानका नजिवुल्लाह जाड्रनको पनि रहेको छ । सन्दीपले आईपीएल, बिग बास, सीपीएल, बीपीएल र पीएसएल खेलेका छन् । यो बीचमा उनले नेपालका लागि तीन ओटा एक दिवसीय र ११ ओटा टी-२० पनि खेल्न भ्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सुनसरी, ६ कार्तिक । सुनसरीमा दुई वटा मोटरसाइकल आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । कोशी गाउँपालिका–१ लौकहीस्थित

काठमाडौँ, ६ कार्तिक । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ आँपघारीस्थित रोशी खोलाको दहमा डुबेर आमाछोरीको मृत्यु भएको छ । ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–६

काठमाडौँ, ६ कार्तिक । काठमाडौँको मनोहरा नगरपालिकामा एक महिलाको शव मृत अवस्थामा भेटिएको छ । कागेश्वरी मनोहरा नगरपालिका–४ डेरा गरी बस्ने

तनहुँ, ६ कार्तिक । तनहुँमा १५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले २१ वर्षीय युवकलाई पक्राउ गरेको छ ।