सहकारी बैंकमा जम्मा भएको ३० लाख रुपैयाँ लिएर कर्मचारी फरार

काठमाडौँ, १४ कार्तिक । जनकपुर ढल्केबर सडकखण्डअन्तर्गत पर्ने महेन्द्रनगर बजारबाट ५ किलोमिटर पश्चिमतर्फको दुरीमा पर्ने शान्तिपुर गाउँका २५ जना गाउँलेको करिब ३० लाख रुपैयाँ लिएर  कर्मचारी नै भागेपछि उनीहरु कंगाल बनेका छन् ।

बटेश्वर गाउँपालिक–५ स्थित शान्तिपुर मुस्लिम टोलमा करिब ४५ घरधुरी छन् । मुस्लिम टोलका २५ जना महिलाले सहकारी बैंकबाट सुलभ दरमा ऋण लिएर ३६ प्रतिशत ब्याजदरमा अर्को व्यक्ति नै फरार भएपछि उनीहरु अहिले बिचल्लीमा छन् ।

चार वर्षअघि गाउँकै सुरेन्द्र सिंहकी पत्नी जसोधा सिंह छिमेकी लघुवित्त विकास बैंकको सहजकर्ता बनेर आइन् । जसोधाले मासिक बचत गर्नेगरी पाँचजनाको दरले पाँचवटा समूह बनाइन् । प्रतिमहिना सदस्यहरुले तीन सय रुपैयाँका दरले जम्मा गर्न थाले । जम्मा गरेको पाँच वर्ष पनि बित्यो । तीन वर्ष पूरा भएपछि संस्थाकी कर्मचारी जसोधाले आफूलाई आवश्यक परेको भन्दै सदस्यले जम्मा गरेको पैसा निकालेर व्यक्तिगत काममा प्रयोग गरिन् । छिट्टै ब्याजसहित पैसा फिर्ता गर्ने आश्वासन उनले दिएकी थिइन् । गाउँलेका अनुसार उनले त्यो पैसा घर निर्माणमा खर्चिन् ।

बिस्तारै जसोधाले गाउँका सामान्य महिलालाई अन्य तीन संस्थामा पनि आबद्ध गराइन् र सबै संस्थाबाट १६ प्रतिशत ब्याजदरमा ऋण निकालेर ३६ प्रतिशत ब्याजमा लगाउन आग्रह गरिन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज