काठमाडौँ, १३ कार्तिक । अक्स्फोर्ड युनाइटेड काराबाओ कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति अक्स्फोर्डको मैदानमा भएको खेलमा अक्स्फोर्डले सन्डरल्याण्डलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै ३२ वर्षपछि प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
टाइब्रेकरमा अक्फोर्डका जेम्स हेनरी, एन्थोनी फोर्ड, तारिक फोसु र जोन मौसिन्होले गोल गरे भने सन्डरल्याण्डका म्याक्स पावर र लुके ओनिनले मात्र गोल गरे ।





