तिहारमा आमाको एकै कोखबाट जन्मिएका दाजुभाई नहुँदाको पिडा, यथार्थ र वास्तविकता

सबै रमाई रहेको बेला दुखि हुन सकिदैन तर खुशि र हर्षको उल्लास र उमङ्गको महसुस भने गर्न सकिदैन सायद । भाई टिका शुक्ल द्वितीया तिथिका दिन यो पर्व विशेष उत्साहका साथ मनाइन्छ । यो दिन विशेष दिन हो । वर्षैदेखि महिले रोटी पोल्दा आफुलाई मनले खाने संम्बन्धको नामहरु लेखेर आकार दिएर पोल्ने गर्थे । मैले यो दिन देश बिदेशमा हुने दाजु भाईको सम्झना गर्दै ओखर फोरेर मनाउथे ।

११ बर्षको हुँदा माईला बुबाको छोराहरु भाईलाई टिका लगाउदा खुशि भएको क्षण आज पनि सम्झन्छु । ५ बर्ष पहिला डोटीदेखि मेरो खेम भाई बागलुङ टिका लगाउन पुग्दा खुशिले धेरैलाई भनेकि थिए । दिदि भाई बिचको स्नेहको माला चुडिएको छैन । कहिले देउसी भैलो कहिले कसरि कहिले अरुको खुशिमा खुशि मिसाएर मनायौ ।

सबै भन्दा महत्वपूर्ण विद्यार्थी जीवनको बिधामन्दिर विद्यालयको देउसी भैलो र बाबु शुशिल जन्मिदा पार्टीको लागि २५ दिनको सुत्केरि अबस्थामा खेलेको देउसी भैलो कहिल्यै बिर्सन सक्दिन । बाबु आज हामी बिच भौतिक रुपमा नभए पनि हाम्रा चाडपर्वका सारा खुशिमा सूर्यग्रहण लगाए जस्तो महसुस भए पनि हामी नियतिलाई स्विकारि रहेका छौ हामी जस्तै टुटेर जोडिएका मनहरुलाई मेरो स्मरण छ । शोकलाई शक्तिमा बदलौ जानु एक दिन सबै हो जस्ले यो अबस्थामा पुरायो उस्को पनि अजम्मरि छैन हाम्रा खुशि लुटेर सायद मखमली फुल लगाएको रहेछ भने मन आईलाईरहेको हुनु पर्छ ।

धेरै बर्ष आमाको मामा घर जाने तरखर आफुले साना सानुकै लागि समाजका लागि देउसी भैलिको तरखर यसरि नै व्यस्त बनिरहनु पर्यो । छोरा छोरिको तिहारले खुशि तुल्याए पनि पूर्ण खुशि टिकिरहन सकेन तर पनि सबैको खुशिमा सामेल हुने मन धेरै बेखुसि रहन सक्दिन ।

यो पर्व दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मान-सम्मानका साथ माया र प्रेम पूर्वक पूजाआजा गर्ने, सेलरोटि झिनियारोटि चिनि, फिनि रोटी मेवा-मिष्ठान्न आदि मनपर्ने कुरा ख्वाउने, दिदीबहिनीलाई दान-दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ ।

परापूर्वकालमा बहिनी यमुनाले यसै दिन आफ्नो भावना अन्तर्निहित गरेको पाइन्छ । दाजु यमराजलाई विशेष मान-सम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्त्व छ । यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ । यी पाँच दिन इन्द्रादी दश दिक्पालले बलि राजाका लागि आफ्नो राज्य छाड्ने कथा पनि पाइन्छ । भाइतिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदीबहिनी र दाजुभाइको सुख-समृद्धि, अरोग्य एवं दीर्घायूको कामना अन्तर्निहित छ ।

गाउघरमा छँदा रोटी बनाउने, पिङ खेल्ने रमाउने गरिए पनि जब राजनैतिक, सामाजिक र शैक्षिक क्षेत्रमा लागेपछि चाडहरुका रमाईलो पनि आफ्ना नीजि कहिल्यै बन्न र बनाउन सकिएन र आज यो जिम्मेवारितामा छु । जसले दिदी बहिनिको रुपमा भावनात्मक महसुस दिलाए उनिहरुको नाममा सधै ओखर फेरेर चाड मनाउथे यस पटक सासुआमाको दुखद निधनले खासै केहि गरिएन ।

दिदी बहिनीले आफ्ना दाजु-भाइलाई टीका र माला लगाएपछि भाइटीकाको पौराणिक कथा परापूर्व कालमा मृत्युका राजा यमराज आफ्नी बहीनी यमुनालाई भेट्न आएका थिए । यमराज यमलोकमा बस्थे भने यमुना पृथ्वीमा । त्यसैले यमुनाले निमन्त्रणा गरी यमराजलाई भेट्न बोलाइन् । त्यो बेलामा यमपञ्चक परेको थियो । यमपञ्चकभर यमुना कहाँ बसे । भाइटीकाको दिन यमुनाले दाजुलाई पूजा गरी उपहार दिइन् र दाजुसँग आशीर्वाद लिइन् । त्यहीबेलादेखि नै भाइटीकाको प्रारम्भ भएको भनिन्छ ।

यो पर्व संम्बन्धहरुलाई पुनर्ताजकिय र प्रगाढ बनाउने धेरै समयसम्म स्नेहमिलन नभएका दाजुभाइसँग मिलन हुने माईतिमिलन, पुनमिलन र दाजु भाईलाई कानमा तेल राखिदिदा अझै रमाईलो हुने, खुवाईदिदा मखमलिफुल नओईलियोस भनि लगाईदिदा हर्षित मनलाई अनुभुति गरेरै पनि आनन्दमय बनाईने यो चाड, सेलरोटि जस्तै जोडिने प्रगाढ सम्बन्धको महसुस हुने, सम्बन्धमा आएको तलमाथि हटाई मिलन गराउने तथा सम्बन्धलाई अझ दिगो बनाउने माध्यमका रूपमा लिइन्छ ।

यमपञ्चकको पाँचौं दिन भाइटीका पर्छ । दिदीबहिनीले भाइटीकाको अघिल्लै दिन दाजुभाइलाई भाइटीकाको निम्ता स्वरूप पान-सुपारी, फूल आदि दिने चलन । कतिपय दाजु भाईले सम्झिनु पनि हुने गरेको पाईन्छ । म सानो छँदा आमा तिवारका अघिल्ला दिनहरुमा नर्गे फाल्ने भन्दै अमिलको पातमा सामान तयार गर्नु हुन्थ्यो म दाजु भाई नहुदाको पिडा बोकेर तयार पारिदिन्थे कहिलेकहि बिहानै जाडोमा नहाउँदा भने निक्कै कठिन भएको महसुस गर्थे । भाई टिकाको दिन कहिल्यै नसुक्ने तोरिको तेल र सप्तरंगि टिकाको धार दिन, घरको ढोकामा ओखर फोरि चारैतिर मेरो माईतिको घरमा सधै समृद्धि होस भनि मनोकामना गरिने चलन छ ।

भाइटीकाका दिन टीका नलगाई केही खानु हुँदैन भन्ने मानिसहरुको विश्वास छ । टीकाको दिन बिहानै नुहाएर अष्टचिरञ्जीवीको पूजा गर्नुपर्छ । यमराज, हनुमान्, विभीषण, परशुराम अष्ट चिरञ्जीवीभित्र पर्छन् । भाइटीका गर्न ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमली, दूबो तथा सयपत्रीको माला, रोटी, मीठा-मीठा परिकारको आवश्यकता पर्छ ।

सबैभन्दा पहिले दियो, कलश तथा गणेशको पूजा गरी बिमिराको पूजा गरिन्छ । त्यसपछि दाजु-भाइको मंगलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्नुपर्छ । पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई छेक्नुपर्छ । फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिनुपर्छ । सगुनका रूपमा दही दिनुपर्छ ।

भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्त्व छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रंगकहिल्यै उडेर जाँदैन भने दूबो सधै हरियै रहन्छ । दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायूको कामना गर्दै निधारमा सप्तरंगी टीका लगाइदिन्छन् । सप्तरंगी टीकामा भावना मिसिंदा शान्ति र खुशि मिल्छ । दाजुभाइप्रतिको प्रेम रंगजस्तै गाढा तथा निरोगी भैरहने विश्वास गरिन्छ । दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिन्छन् । यसले आयु बढाउनुका साथै राष्ट्रियता झल्काउँछ । टीका लगाएपछि उपहार आदान-प्रदान गरिन्छ । दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले आफ्नै प्रकारले मनाउछन ।

हिन्दू धर्ममा टीकाको धेरै महत्व छ, पूजा-पाठ पछि टीका थाप्दा आत्मामा धेरै आनन्दानुभूति हुन्छ । टीका विशेषतस् रातो वा पहेलो रंगका लगाइन्छ । टीका निधारमा लगाइन्छ । तिहारमा लगाइने टीका सात रंगका हुन्छन्, पहेंलो, नीलो, सुन्तला रंगको, सेतो, हरियो, रातो र कालो । सात रंगका यी टीकालाई सप्तरंगी भनिन्छ । सतरंगी टीकालाई निधारमा उर्द्ध्वाकार रेखामा सिधा लगाइन्छ । यसबाट तीनवटा रंग घरमा पनि तयार गर्न सकिन्छ । हरियो रंगको लागि हरियो दुवो पिनेर तयार गरिन्छ, सेतो रंग चामल पिनेर र कालो रंग कोइलाबाट वा बत्तीको कालिखबाट लिइन्छ । विभिन्न रंग झारपातबाट मिचेर बनाईएको सानो छँदा याद छ मलाई ।

यति बेला छिमेकि मुलुक चिन र भारतमा बनेका झिलिमिलि बत्तिहरुको झिमिकझिमिक र दियो पनि त्यहि मोड्लका भएकोले हामी सानो छदा आमाले खुटेको अमिलाको पातमा हात पोल्दै बत्ति बाल्दा आउने बासना लिन सकिदैन तर रंगिबिरंगि बत्तिको झिलिमिलिले रमाईलो भने देख्नु पर्छ होला । हाम्रा बालापनका तिवारमा ढिकिमा कुटिने मकै, चामलका रोटी अचार र अहिले राजमा भन्छौ त्यतिबेला बिर्किम्ला भन्थ्यौ । आमाले रोटि बनाईसकेपछि दुबै हातमा बाला लगाउने र नाच्ने गरिन्थ्यो ।

एक पटक डोटिमा नै तिवारको समयमा ३ महिना बिताएकि थिए । चाडपर्वले देशभरिनै रौनक ल्याउछ नै । त्यसैले सबै धर्म संस्कृतिको सम्मान संविधानले नै गरेको छ । हाम्रा चाडहरु सबै खुशि र हर्षका बन्नु पर्छ तर धेरै खर्चालु बन्नु हुदैन । गाउँदेखि शहरसम्म बाहिर विभिन्न रंगसहितका मंडपले र बिभिन्न प्रकारका रोटी, फलफुल चढाउने नाममा यत्र तंत्र छरिएको पाउदा मन खिन्न हुन्छ ।

कोहि भोको र कोहि नाङ्गो रहनु हुँदैन भन्ने सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यूको चाहना र संकल्प पुरा गर्न पनि सडकमा रहेका बेसहारालाई साहारा दिएर पुरा गर्नु छ । चाहे सिस्नो पानि हुन चाहे अरु आफ्नो देशका स्वाभिमानका नायक सम्माननीय प्रधानमन्त्री र अन्य विशिष्ट व्यक्ति राखेर व्यङ्ग्यात्मक शैलिमा खेलिएको भैलोमा सबैले थपडि बजाउनै पर्छ जस्तो लाग्दैन ।

यो पर्वमा आफ्नो दिदिकहा टीका लगाउन हिडेकालाई बाघले खान सक्दैन, कालिनागले छेक्न सक्दैन, बिघ्नबाधा पर्दापनि प्रगाढ संम्बन्धले बलियो बनाउछ । दिदी भाई दाजु बहिनीको प्रगाढ स्नेह झल्किन्छ । सम्माननीय केपी शर्मा ओली बा, दाई, भाई भरोसा र आस्था बिश्वास अनि लिन मात्र होईन दिन जानेका व्यक्तित्व पनि हुनुहुन्छ । आगामि तिहारमा देउसी भैलो जे खेलेपनि सबै दुःख बिर्साउने बनाउन सकौ ता कि सबै दिन घोचपेच चल्दैन गाईजात्रा नै काफि छ कति जात्रा देखाउनु पर्छ जस्तो लाग्छ ।

मदन भोटमा जाँदा मुनाले भनेकि छन हातका मैला सुनका थैला के गर्नु धनले साग र सिस्नु खाएको बेस आनन्दि मनले महाकबि लक्ष्मी प्रसाद देबकोटा ज्यूको मुनामदन कवितामा उल्लेख गर्नु भएको छ । हाम्रो देश मागेर मात्र पनि चलेको होईन हामिले संभावना देखेका छौं । त्यस्लाई सहि पहिचान र परिचालन गर्ने गरि हाम्रा सास्कृतिक सन्देश हुन आवश्यक छ ।

महान साहित्यकार सत्यमोहन जोशी ज्यूको घरमा साझमा पुग्दा हामीलाई त्यत्तिकै बत्ति बलिरहेको आभास भएको थियो । सानो घर हरियाली वातावरण माथि टेन्ट राखिएको आगन फुल झाङ्गिएर बनेको छाना तर उहाले झिलिमिलि बत्ति फुकाउदै हुनुहुन्थ्यो । १०१ बर्षको उमेर उहाको कृयाशिलता घरको छानामा उम्रिएका घास पनि फुलजस्तो भान भएको थियो । अहिले भोली आउने भन्ने कुरा छ भन्दै झिलिमिली बत्ति फुकाउदै कोहि छोरा छोरी अमेरिका कोहि कहाँ बुढाबुढि घरमा भएको छोरी भ्यालि भित्र भएकोले टुप्लुक्क आउनु भयो ।

सबैको जीवन बृद्व अवस्थामा पनि यस्तै स्वस्थ्य र गुनासो रहित कहिले होला दिर्घायु जीवनको कामना गरियो । नेवारहरुको मँ पुजा किन गरिन्छ भन्ने बारे बताउनु भयो । पहिला म को हु रु सारा म हु म छु र सबै छन भन्ने बुझ्नु पर्छ त्यसैले हामी आफैलाई पुजा गर्छौ । मेरो शरिरमा रोगव्याधि नलागोस मेरो मन शुद्व होस जसरि ओखर कडुस जस्तै बाहिर कडा तर भित्र नरम अनि मिठास दिनु पर्छ । यस्ता सामाग्रि राखेर हामी पुजा गर्छौ । उहाले थप्नु भयो हामी भित्रका सबै अंगलाई ओखरले जस्तै बाहिरि आबरण दिएर सबै नरम र शुद्व राख्नु पर्छ ।

मखमलि फुल जस्तै नओईलाउने अनि दुबो जस्तै फैलिनु पर्छ यस्ता धेरै महिमा बताउनु भयो । साझ झमक्क परेकोले हामी फर्कियौ । यो बर्षको भाई टीका समग्रमा राम्रो छ । नेपाल संबत, छठ, जस्ता पर्व सँगै आएकाले पनि सबै जातजाति भेषभुषा र देशलाई चाडको विशेष रौनक छाएको आभास भयो । दाजु भाई दिदि बहिनि बिचको प्रगाढ माया हुँदा हुदै पनि नजिक हुन नसक्नु भएका सबैले महसुस गर्नुहोस र खुशि हुनुहोस कहिल्यै नओईलाउने मखमली फुल र कहिल्यै नसुक्ने तोरिको तेलको धारले मेरो मन प्रशन्न छ । यहि शुभकामना शुभकामना शुभकामना ।।।।

मनकुमारी जिसी

केन्द्रीय सदस्य नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

तथा

प्रतिनिधिसभा सदस्य

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गायक महेन्द्र राई र गायिका दिपा तामाङको ‘जोडि मिल्छ च्याटै’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको

काठमाडौँ, १६ चैत । यशराज फिल्म्को जासूस ब्रह्माण्डमा भिलेनको रुपमा बबी देओल देखिंदैछन् । डेडलाइन म्यागजिनको रिपोर्टअनुसार उनी आलिया भट्ट

काठमाडौँ, १५ चैत । महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’को प्रदर्शन मिति तय भएको

काठमाडौँ, १५ चैत । मिस नेपाल २०२४ को आवेदन खुला भएको छ । द हिडन ट्रेजरले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै