काठमाडौँ, ११ कार्तिक । नेपालीहरुको पर्व तिहारमा सरकारले तिहारका लागि ४ दिन सार्वजनिक बिदा दिएको छ ।
सार्वजनिक बिदा पनि केही बैंकले आफ्ना केही शाखा खोलिरहेका छन् । कृषि विकास बैंकले सर्वसाधारणको सेवालाई लक्षित गर्दै आफ्ना ग्राहकका लागि तिहार बिदामा समेत खुला राखेको छ ।
बैंकले बिदाका बेला शाखा कार्यालयहरु बिहान १० बजेदेखि २ बजेसम्म खुल्ला रहने जानकारी दिएको छ । यस अवधिमा बैंकले नगद जम्मा गर्ने र चेक सटही लगायतका काम मात्रै गर्नेछ ।
बैंकले बिर्तामोड, विराटनगर, धरान, फिक्कल, दमक, गाइघाट, लहान, राजविराज, शिवकचोक, बदिृबास, मलंगवा, जलेश्वर, वीरगञ्ज, हाकिमचोक, सौरहा, लगनखेल, पुतलीसडक र प्रधान कार्यालय रहेको स्थान रामशाहपथमा समेत सेवा दिने बताएको छ ।
निजी क्षेत्रका एनएमबी बैंक, ग्लोबल आइएमई बैंक, मेगा बैंक नेपाल, सिभिल स्ट्याण्डर्ड चाटर्ड, कुमारी बैंक र सिद्धार्थ बैंक तिहारको बिदामा सेवा दिने बताएका छन् ।






