एन्फालाई १० हजार डलर जरिवाना

काठमाडौँ, ९ कार्तिक । अखिल नेपाल फुटबल संघ (एन्फा) माथि १० हजार अमेरिकी डलर  जरिवाना लागेको छ ।

एसियाली फुटबल महासंघ ९एएफसी० को अनुशासन तथा आचार संहिता समितिले (एन्फा) माथि १० हजार अमेरिकी डलर साथै २ वर्षभित्र गल्ति नसच्याए ३५ हजार डलर जरिवाना गर्ने पनि चेतावनी दिइएको छ ।

समितिको गत बुधबार बसेको बैठकले एन्फाले ‘एएफसी क्लब लाइसेनिङ रेगुलेन’ बिपरित काम गरेको भन्दै जरिवाना गर्ने निर्णय गरेको हो ।एन्फाले मापदण्ड नपुगेका क्लबलाई एएफसी लाइसेन्स दिएको समितिको ठहर छ ।

गत सिजन मनाङ मर्स्याङ्दी क्लबले लिग च्याम्पियनको हैसियतमा नेपालको तर्फबाट एएफसी कप २०१९ खेलेको थियो । समूह चरणबाटै बाहिरिएको मनाङलाई एन्फाले मापदण्ड विपरित लाइसेन्स दिएको एएफसीको ठहर छ ।

क्लब लाइसेन्स पाउन आफ्नै मैदान, एकेडेमी, उमेर समूहको टिम, टिम डाक्टर, मिडिया अफिसर लगायतका मापदण्ड पूरा गर्नु पर्ने नियम छ । तर एन्फाले कुनै पनि क्लबका लागि यो मापदण्ड पूरा गराउने कुनै बाध्यकारी नियम बनाएको छैन ।

एन्फाले निर्णय पाएको ३० दिन भित्रमा जरिवाना बुझाउनु पर्ने समेत निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । कैलालीमा छुट्टाछुट्टै स्थानमा दुई जना पुरुष मृत फेला परेका छन् । मंगलबार छुट्टाछुट्टै स्थानमा दुई जना मृत

काठमाडौँ, ७ असोज । बाँकेको नेपालगञ्जमा प्रहरीले हवाई फायर गरी लागूऔषध खैरो हेरोइनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको

काठमाडौँ, ७ असोज । बाँकेको कोहलपुरमा रहेको होटेल म्याक्समा ‘अनलाइम गेम’ (सट्टेबाजी) खेलाएको आरोपमा प्रहरीले ४० जना भारतीय नागरिकसहित ४२ जनालाई

काठमाडौँ, ७ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate