काठमाडौँ, ९ कार्तिक । एनसेल बाह्रखरी गल्फ तेस्रो संस्करणको उपाधि टासी क्षिरिङ दोङले जितेका छन् ।
उनले ३९ पोइन्ट स्कोर ल्याएर उपाधि जित्न सफल भएका हुन् । अर्का खेलाडीले ३९ स्कोर ल्याए पनि उनले काउन्ट स्कोर धेरै गरेर जितेका हुन्। काउन्ट स्कोर फर्स्ट नाइन र सेकेन्ड नाइनको हिसाबले हुने गर्दछ।
गल्फको वेष्ट ग्रोसको उपाधि सुरेन्द्र फुयाँलले जितेका छन् । त्यस्तै, महिलातर्फ कश्मिरा शाहले जितेकी छन् । उनले ३६ स्कोर गरेर जितेकी छन् । उक्त गल्फ प्रतियोगिता सोलुखुम्बुको कोङ्देरीको चार हजार चार सय पचास मिटरको उचाइमा खेलिएको थियो ।





