ट्रिटनमा म्हःपुजा सहित देउसीभैलो र रंगोली

काठमाडौँ, ९ कार्तिक । ट्रिटन सेकेण्डरी स्कुल सुविधानगर, तिनकुनेका सबै विद्यार्थीलाई सहभागी गराई आम नेपालीहरुको दोस्रो ठुलो चाड तिहार मनाइएको छ भने नेवार समुदायको म्हः पुजा पनि मनाइएको छ । यसरी तिहार मनाईराख्दा विद्यालय तिहारमय भएको थियो ।

विद्यालयकी भाइस प्रिन्सिपल ममता शाह, निर्देशक राजन सुवेदी लगायत शिक्षक शिक्षिकाले सबै साना विद्यार्थीलाई म्हः पुजा गरेका थिए भने अरु विद्यार्थीले देउसीभैलो गाएर दिपावली मनाएका थिए । यसअघि माथिल्लो कक्षाका विद्यार्थीहरुले विभिन्न रंगको प्रयोग गरि रंगोली मनाएका थिए ।

सबैधर्म र समुदायको धर्मसंस्कृतिलाई जगेर्ना गर्न विद्यालयले सबै जातजाति, समुदाय र धर्मावलम्वीहरुको चाडपर्वमा विद्यार्थीलाई सहभागी गराउँदै चाडपर्वको महत्व र आवश्यकताबारे सिकाउँदै आएको निर्देशक सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को समेत प्रभाव

काठमाडौँ, १० कार्तिक । यस वर्ष तिहारमा देशभरि ५१ लाख ८० हजार वटा विभिन्न फूलका माला खपत हुने अनुमान गरिएको

काठमाडौँ, १० कार्तिक । प्रहरीले सुर्खेतमा हत्या आरोपमा एकजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार सुर्खेतको गुर्भाकोट नगरपालिका-८, सुन्दरनगर बस्ने

काठमाडौँ, १० कार्तिक । नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै ग्राहकहरुका लागि ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा