काठमाडौँ, ९ कार्तिक । ट्रिटन सेकेण्डरी स्कुल सुविधानगर, तिनकुनेका सबै विद्यार्थीलाई सहभागी गराई आम नेपालीहरुको दोस्रो ठुलो चाड तिहार मनाइएको छ भने नेवार समुदायको म्हः पुजा पनि मनाइएको छ । यसरी तिहार मनाईराख्दा विद्यालय तिहारमय भएको थियो ।
विद्यालयकी भाइस प्रिन्सिपल ममता शाह, निर्देशक राजन सुवेदी लगायत शिक्षक शिक्षिकाले सबै साना विद्यार्थीलाई म्हः पुजा गरेका थिए भने अरु विद्यार्थीले देउसीभैलो गाएर दिपावली मनाएका थिए । यसअघि माथिल्लो कक्षाका विद्यार्थीहरुले विभिन्न रंगको प्रयोग गरि रंगोली मनाएका थिए ।

सबैधर्म र समुदायको धर्मसंस्कृतिलाई जगेर्ना गर्न विद्यालयले सबै जातजाति, समुदाय र धर्मावलम्वीहरुको चाडपर्वमा विद्यार्थीलाई सहभागी गराउँदै चाडपर्वको महत्व र आवश्यकताबारे सिकाउँदै आएको निर्देशक सुवेदीले बताए ।






