काठमाडौँ, ८ कार्तिक । विद्यार्थीहरूले त्रिवि उपकुलपति र रेक्टरको कार्यालयमा पनि तालाबन्दी गरेका छन् ।
वरिष्ठतम प्राध्यापकलाई त्रिभुवन विश्वविद्यालय जनप्रशासन विभागको प्रमुख नियुक्ति गर्नुपर्ने, एउटै व्यक्ति दुईवटा संस्थाको प्रमुख राख्न नहुने र विभागमा आवश्यक कर्मचारीको दरबन्दी उपलब्ध गराउनुपर्ने माग पूरा गराउन दबाब दिँदै विद्यार्थीले तालाबन्धी गरेका हुन् ।
गत सोमबार विभागमा तालाबन्दी गरेका विद्यार्थीले हिजो त्रिवी रजिष्टरको कार्यालयमा तालाबन्दी गरेका थिए । अनुचित ढंगले जनप्रशासनको विभागीय प्रमुख नियुक्ति गरेको आरोप लगाउँदै स्वतन्त्र विद्यार्थी युनियन र नेपाल विद्यार्थी संघले निर्णय सच्याउन दबाब दिँदै आएका छन् ।





