प्रधानमन्त्री ओली आज अजरबैजान जाँदै

काठमाडौँ, ७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली आज अजरबैजान जाँदै हुनुहुन्छ ।

अजरबैजानको बाकुमा हुने असंलग्न राष्ट्रका प्रमुखहरूको १८ औं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लाग्नुभएको हो ।

समकालीन विश्वको चुनौतीका लागि ठोस प्रतिक्रिया सुनिश्चितताका लागि वाङडुङ सिद्धान्तको उपयोगमा केन्द्रित हुने सम्मेलनमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार, भ्रमणको दौरानमा उहाँले विभिन्न देशका राष्ट्र प्रमुख र सरकार प्रमुखहरूसँग भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको छ ।

प्रधानमन्त्री ओली सम्मेलन सकाएर कात्तिक १० गते आइतबार लक्ष्मीपूजाका दिन स्वदेश फर्कनु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ कार्तिक । धादिङमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किंदा एक जना मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्

बारा, २९ कार्तिक । पचरौता नगरपालिका-७ बेनौलीबाट अवैध रुपमा चन्दा संकलन गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जलेश्वर, २९ कार्तिक । जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत एक प्रहरी जवान चेक कीर्ते गरी बैंकबाट बढी रकम निकालेको आरोपमा

काठमाडौँ, २९ कार्तिक । लुम्बिनीमा सङ्घीयतापछिको पत्रकारिता विषयमा समाचार महोत्सवको आयोजना हुने भएको छ । लुम्बिनी प्रेस क्लबको आयोजनामा आगामी