किन कटौती गरियो छात्रवृत्ति ?

काठमाडौँ, ७ कार्तिक । चिकित्सा शिक्षा ऐनको प्रावधानअनुसार सार्वजनिक मेडिकल कलेजमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था खुम्चाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ऐनको प्रावधानविपरीत बुधबार ७५ प्रतिशत छात्रवृत्तिका लागि आवेदन दिन सार्वजनिक सूचना प्रकाशित गरेको छ ।

सूचनामा ७५ प्रतिशत छात्रवृत्ति पाउने शिक्षण संस्था तीनवटा मात्र रहेको उल्लेख छ । त्रिभुवन विश्वविद्यालयको महाराजगन्ज चिकित्सा क्याम्पस, पाटन स्वाथ्य विज्ञान प्रतिष्ठान ललितपुर र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठन धरानमा मात्र विद्यार्थीले ७५ प्रतिशत छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन् ।

ऐनमा भने सरकारी, सामुदायिक वा सार्वजनिक सम्पत्तिको प्रयोग गरी स्थापना भएका सरकारी, सार्वजनिक, गुठी वा अन्य शिक्षण संस्थामा ७५ प्रतिशत छात्रवृत्ति सुनिश्चित गरिएको छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को समेत प्रभाव

काठमाडौँ, १० कार्तिक । यस वर्ष तिहारमा देशभरि ५१ लाख ८० हजार वटा विभिन्न फूलका माला खपत हुने अनुमान गरिएको

काठमाडौँ, १० कार्तिक । प्रहरीले सुर्खेतमा हत्या आरोपमा एकजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार सुर्खेतको गुर्भाकोट नगरपालिका-८, सुन्दरनगर बस्ने

काठमाडौँ, १० कार्तिक । नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै ग्राहकहरुका लागि ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा