लरीभित्र ३९ जनाको शव भेटियो

एजेन्सी, ६ कार्तिक । बेलायतको इसेक्समा एउटा लरी कन्टेनरमा ३९ जना मानिसको शव भेटिएको छ ।

प्रहरीलाई स्थानीय एम्बुलेन्स सर्भिसका तर्फबाट खबर गरिएको थियो । बीबीसीका अनुसार लरीका चालक उत्तरी आयरल्याण्डका २५ वर्षिय एक युवक छन् । हत्याको आशंकामा निजलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रारम्भिक संकेत अनुसार ३८ वटा शव प्रौढ व्यक्तिका हुन् भने एउटा किशोरको भएको इसेक्स प्रहरीले जनाएको छ । लरी होलिहेड भन्ने स्थानबाट शनिबार बेलायतमा प्रवेश गरेको थियो ।

अधिकारीहरुले जनाए अनुसार सो घटनाका पीडितहरुको पहिचान पत्ता लगाउने काम भइरहे पनि लामो प्रक्रिया रहेको बताएका छन् ।  लरी चालकलाई प्रहरीले घटनाका बारेमा आबश्यक सोधपुछ गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।

काठमाडौँ, १६ चैत । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । आज दिउँसो सवा एक बजे बैठक सुरु हुनेछ ।

काठमाडौँ, १६ चैत । सत्ता साझेदारीमा सहकार्य गरेका पाँच दलले इलाम–२ र बझाङ–१ (१) को उपनिर्वाचनमा आपसमा प्रतिस्पर्धा गर्ने भएका

काठमाडौँ, १६ चैत । नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) प्रणाली जडान गर्न उपकरण तथा परामर्श सेवा