पिएसजी स्टारले तोडे च्याम्पियनस लिगमा मेस्सीको रेकर्ड

काठमाडौँ, ६ कार्तिक । पिएसजी स्टार केलियन एम्बाप्पे युइएफएमा १५ गोल पूरा गर्ने कान्छा खेलाडी बनेका छन् ।

क्लब ब्रुगविरुद्ध पहिलो गोल गरेसँगै उनले कम उमेरमा १५ गोल गर्ने लियोनल मेस्सीको रेकर्डलाई तोडेका हुन् । मेस्सीले २१ बर्ष २२८ दिनको उमेरमा युइएफए च्याम्पियनस लिगमा १५ गोल गरेका थिए । तर, एम्वाप्पेले २० वर्ष ३०६ दिनको उमेरमा कोसेढुंगा पार गरे ।

क्लब ब्रुगविरुद्ध ५-० को जित निकाल्दा ३१ मिनेटको अवधीमा उनले ह्याट्रिक पूरा गरेका थिए । खेलको ५२औँ मिनेटमा इरिक मेक्सिमको स्थानमा मैदान प्रवेश गरेका एम्वाप्पेले ६१औँ मिनेटमा पहिलो गोल गर्दै मेस्सीको रेडर्क तोडेका थिए । २० वर्षीय एम्वाप्पेले च्याम्पियनस लिगमा गोल संख्या १७ पुर्‍याएका छन् । कम उमेरमा १५ गोल गर्नेको सूचीमा राउल रहेका छन् । उनले २२ वर्ष १६३ दिनको उमेर कोशेढुंगा छोएका थिए।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

अमेरिका, ७ असोज । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आफूले तीन वर्षअघि सगरमाथाको काखबाट जलवायु परिवर्तनको जोखिमबारे चेतावनी दिएकोमा अहिले

एजेन्सी, ६ असोज । रुसको संसदीय निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको ‘युनाइटेड रसिया’ पार्टीले दुईतिहाइभन्दा बढी बहुमत हासिल गरेको छ ।

एजेन्सी, ६ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रशासनबारे ‘भ्रम वा झूट’ लेखेको आरोप लगाउँदै शुक्रबार तीन सञ्चार संस्थामाथि ह्वाइट

एजेन्सी, ५ असोज । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी दिदी अलिमा खान पक्राउ परेकी छन्। अर्को हप्ता इमरान खानको समर्थनमा हुन लागेको