काठमाडौँ, ६ कार्तिक । आज बुधबार सुनको मूल्य बढेको छ भने चाँदी स्थिर रहेको छ ।
आज छापावाला सुन आज २ सयले बढेर ७० हजार ४ सय रुपैयाँले कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज पनि चाँदी स्थिर रहँदै प्रतितोला ८ सय ५० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





