नेपाल र अष्ट्रियाबीच विभिन्न क्षेत्रमा सहकार्य गर्ने सम्झौता

काठमाडौँ, ५ कार्तिक । नेपाल र अष्ट्रिया ऊर्जा क्षेत्रमा सहकार्य गर्न सहमत भएका छन् ।

सोमवार काठमाडौँमा सम्पन्न संयन्त्रको पहिलो बैठकमा नेपाल र अष्ट्रियाबीच गठित ऊर्जा संयन्त्रको पहिलो सचिवस्तरीय बैठकमा दुवै देश सो सहमतिमा पुगेका हुन् । नेपालकोतर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र अष्ट्रियाका तर्फबाट त्यहाँको यातायात तथा प्रविधि हेर्ने उपमन्त्रीका सल्लाहकार सोन्जा स्टिलर सहभागी हुनुहुन्थ्यो । सम्झौतापत्रमा नेपालकोतर्फबाट ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव प्रविणराज अर्याल र अष्ट्रियाबाट सल्लाहकार सोन्जा स्टिलरले हस्ताक्षर गर्नुभएको हो ।

संयन्त्रको पहिलो बैठकमा ६३५ मेगावाटको दूधकोशी र १०० मेगावाटको तामाकोशी–५ जलविद्युत् आयोजनामा आवश्यक लगानी सहयोग गर्ने र अन्य जलविद्युत् आयोजनाको हकमा समेत भविष्यमा सहकार्य गर्ने सहमति भएको छ । त्यसैगरी नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रको क्षमता अभिवृद्धिका लागिसमेत प्राविधिक सहयोग गर्ने समझदारी भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अष्ट्रियाको राजधानी भियनामा त्यहाँका समकक्षी एन्दे्रइस रेईकार्डसँग सो सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको थियो । दुई देशबीच ऊर्जाका क्षेत्रमा आर्थिक लगानी, प्राविधिक सहयोग तथा ऊर्जा क्षेत्रका अनुभवलाई आदानप्रदान गर्ने सो सहमतिमा उल्लेख थियो ।

मन्त्रीपुनले मन्त्रालयको कार्यभार सम्हालेलगत्तै चीन, बङ्गलादेश र अष्ट्रियासँग ऊर्जा समझदारीमा हस्ताक्षर भएको छ । त्यसका साथै भारतसँग इनर्जी बैंकिङ, अन्र्तदेशीय प्रशारण लाइन, पिटिएको गाइड लाइनसमेत संशोधन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

हेटौंडा, २० जेठ । मकवानपुरकाे हेटौंडास्थित चौघडा सडक खण्डमा ट्रकको ठक्करबाट एक जनाकोे मृत्यु भएको छ । कान्तिलोक पथ अन्तर्गत

भक्तपुर, २० जेठ । भक्तपुरको चाँगुनारायण नगरपालिकाकी कोराना भाइरस (कोभिड–१९) संक्रमित गर्भवती रहेको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौँ, २० जेठ । कालिकोटको जितेगडाबाट नरहरीनाथ गाउँपालिका जादै गरेको कर्णाली प्रदेश ०२००१ ज ००३० नम्बरको जीप लालिघाटमा दुर्घटना हुदा

काठमाडौँ, २० जेठ । काठमाडौँको जोरपाटीस्थित काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या