‘जनयुद्ध’का पुरानै ‘रुट’ प्रयोग गर्दै ‘विप्लव’ कार्यकर्ता

काठमाडौँ, ५ कार्तिक । प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाप्रति पछिल्लो समय प्रहरी कारबाही तीव्र देखिन थालेको छ ।

प्रहरीले देशभर विशेष सूचना संयन्त्रमार्फत विप्लव नेतृत्वको नेकपामाथि कडा निगरानी राख्न थालेको हो । सोहीअनुरूप गत ३० असोजमा दाङको राजापुर–४ मगराइनबाट प्रहरीले २१ जना विप्लवका नेता कार्यकर्तालाई पक्राउ गरेको थियो ।

उच्चस्रोतका अनुसार त्यसको केही दिनअघि मात्रै विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठक दाङ तथा रोल्पा आसपासको सीमामा बसेको थियो । जहाँ विप्लवसहित २८ जना केन्द्रीय नेताहरू सहभागी थिए । तर, त्यसपछि दाङमा बसेको राप्ती ब्युरोको बैठकमा भने विप्लव सहभागी थिएनन् ।

केन्द्रीय समिति बैठकमा सहभागी भएका विप्लव राप्ती ब्युरोको बैठकमा समेत सहभागी हुने सूचना प्रहरीले पाएको थियो । तर, ब्युरोको कार्यक्रममा भने विप्लव सहभागी हुने तय भएको थिएन ।

प्रहरीले सो कार्यक्रमबाट विप्लवलाई नै पक्राउ गर्ने रणनीति बनाएको थियो । तर, कार्यक्रममा सहभागी नभएका कारण विप्लव प्रहरी टार्गेटमा परेनन् ।

प्रहरीको विशेष संयन्त्रले विप्लव नेता कार्यकर्ताले दाङ तथा रोल्पा आसपासमा ‘जनयुद्ध’को पुरानै बाटो प्रयोग गर्दै आएको सूचना पाएको छ । सोहीअनुसार रोल्पाबाट झर्दै गरेका नेकपाका नेताकार्यकर्तालाई प्रहरीले कुरेर बसेको थियो । प्रहरीले ब्युरोको बैठक स्थलबाटै उनीहरूलाई पक्राउ गरेको हो । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

हेटौंडा, २० जेठ । मकवानपुरकाे हेटौंडास्थित चौघडा सडक खण्डमा ट्रकको ठक्करबाट एक जनाकोे मृत्यु भएको छ । कान्तिलोक पथ अन्तर्गत

भक्तपुर, २० जेठ । भक्तपुरको चाँगुनारायण नगरपालिकाकी कोराना भाइरस (कोभिड–१९) संक्रमित गर्भवती रहेको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौँ, २० जेठ । कालिकोटको जितेगडाबाट नरहरीनाथ गाउँपालिका जादै गरेको कर्णाली प्रदेश ०२००१ ज ००३० नम्बरको जीप लालिघाटमा दुर्घटना हुदा

काठमाडौँ, २० जेठ । काठमाडौँको जोरपाटीस्थित काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या